बिहीबार, पुस ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

त्रिवेणीमा निर्माणाधीन पुलको काम अघि बढेन

 |  शुक्रबार, मंसिर २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

ntc landingntc landing

सुर्खेत- जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ। क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेको छ तर उसले पनि दुई वर्षभन्दा बढी समयदेखि काम गर्न सकेको छैन।

himalayan bank box

भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ। तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा एक सय मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो। १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो।

क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ। यसले एक सय छ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ।

हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो। पुल समयमै नबन्दा आयोजनाको निर्माणकार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन्।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले पुल निर्माणमा तदारुकता नदेखाए अब कारबाही गरेर अगाडि बढाइने बताए। हाल दुई ठाउँका पिल्लर केही मात्र निर्माण गरी बाँकी काम अलपत्र छ। पटकपटक ताकेता गर्दा पनि ठेकेदार काम गर्न नआएको उनले बताए।

vianet

त्रिवेणाीदेखि इलसम्मको सडक निर्माणकार्य भने अन्तिम चरणमा पुगेको सापकोटाले जानकारी दिए। उक्त सडक जगदुल्ला गाउँपालिकामा निर्माण हुने ड्यामसम्म पुग्नेछ। १० किलोमिटर लामो सडक निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको कामले समस्या हुँदै आएको छ।

आयोजना निर्माणका लागि १४ अर्बको ठेक्का लगाइसकिको छ। अब ठेक्काको अन्तिम मूल्याङ्कनको काम जारी रहेको हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए। कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले ठेकेदारको लापरबाहीका कारण काम समयमा हुन नसकेको भन्दै आक्रोष व्यक्त गरे।

अब अन्तिमपटक छलफल गरेर बाँकी प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ। क्याराभानका ठेकेदारलाई बोलाउदासमेत बैठकमा नआएको मन्त्री बुढाको सचिलवालयका सूचना प्राविधिक सहायक टेकबहादुर शाहीले जानकारी दिए। रासस

प्रकाशित: Dec 13, 2024| 06:31 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्