शनिबार, असार ६, २०८३

ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१
National life
Shivam cement

बागलुङको तमानखोला गाउँपालिकाको बोंगादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ। १० किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु. एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।

ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङखानीखोलामा कल्भर्ट निर्माण गरिनेछ। यो बाटो ०७५ सालमा खुलेको हो।

तमानखोला– २ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए। तमानखोला बागलुङको विकट गाउँपालिका हो। यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ।

प्रकाशित: Dec 12, 2024| 20:31 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्