शनिबार, कात्तिक २९, २०८२

रवि लामिछानेको हिरासत बसाइ दुई महिना नाघ्यो

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

काठमाडौं- सहकारी ठगी कसुरमा ५६ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा सांसद रवि लामिछाने थप पाँच दिन प्रहरी नियन्त्रणमा रहने भएका छन्।

National life

उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। योसँगै लामिछानेको हिरासत बसाइ दुई महिना नाघ्ने भएको छ। अस्वस्थ भए पनि उनले अस्पताल भर्ना हुन इन्कार गर्दै प्रहरी हिरासतमै बसिरहेका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासबाट आज पाँच दिन म्याद थप भएको हो। लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। त्यसयता आज सातौं पटक पाँच दिन म्याद थप गरिएको हो।

लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामकुमार खनाललाई पनि अदालतले हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूलाई पनि लामिछानेसँगै अदालतमा उपस्थित गराइएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई पक्राउ गरिएको थियो। उनीमाथि सहकारी ठगी, कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। लामिछानेविरुद्ध सहकारी ठगीमा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा पनि पक्राउ पुर्जी जारी भएका छन् र सबै ठाउँमा उनको बयान भइसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 12, 2024| 14:36 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्