मंगलबार, पुस १, २०८२

काठमाडौंको तापक्रम चार डिग्रीभन्दा तल, बढ्यो चिसो

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

केही दिनयता काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

National life

तापक्रम घटे पनि काठमाडौंको मौसम सफा छ र घाम लागिरहेको छ। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड महाशाखाले जनाएको छ।

आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।  

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ।

Laxmi sunrise bank
kumari

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Dec 12, 2024| 07:51 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्