बुधबार, जेठ २०, २०८३

मध्यरातमा ब्रेक फेल भएको जिप भीरबाट खस्दा पाँच जनाको मृत्यु

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

National life

बुधबार राति ११ बजेतिर नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाइतेहरुलाई ल्याएको थियो। अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जना नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा सात जना सवार थिए।

Shivam cement

प्रकाशित: Dec 12, 2024| 07:07 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्