बुधबार, जेठ २०, २०८३

व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१
National life
Shivam cement

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ।

जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको हो। नेपाल प्रहरीको साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान भइरहेको छ।

प्रकाशित: Dec 11, 2024| 18:30 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्