शुक्रबार, असार २७, २०८२

सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तले लिए शपथ

 |  बुधबार, मंसिर २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

vianetvianet

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यसैगरी प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन्। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो। 

शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए। उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: Dec 11, 2024| 11:04 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्