सोमबार, मंसिर २९, २०८२

म्याग्दीको कृषि सडक कालोपत्रे गर्न धमाधम तयारी गरिँदै

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

म्याग्दी- म्याग्दीको बेनी–हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा कृषि सडक कालोपत्रे गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ।

National life

जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट–दूधेखोला साढे दुई किलोमिटर सडक चौँडा बनाउनुका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौँडा बनाइनेछ भने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर ढलान गरिने छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि एक करोड ६० लाख बजेट विनियोजन भएको छ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्रे भइसकेको छ।

सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा छ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ।

Laxmi sunrise bank
kumari

उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए।

प्रकाशित: Dec 11, 2024| 10:01 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्