बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

ntc landingntc landing

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ। लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो।

himalayan bank box

काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन।

आर्थिक वर्ष २०८०–८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा–भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ।

चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनको भनाइ छ। यो सडकका निम्ति पाँच करोड विनियोजन भएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँले तेस्रो खण्डअन्तर्गत पैराखर्क–शिवालय–पिपलथर–करलिम पनि चालु आर्थिक वर्षमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए।

प्रकाशित: Dec 11, 2024| 08:01 बुधबार, मंसिर २६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ। पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ।