बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

ntc landingntc landing

काठमाडौं- काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहने छ। 

himalayan bank box

आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ। 

 जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ। 

प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Dec 11, 2024| 07:31 बुधबार, मंसिर २६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ। पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ।