सोमबार, मंसिर २९, २०८२

गहुँखेतीका लागि डिएपी मल अभाव

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

जनकपुरधाम- धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डिएपी मल अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डिएपी मल खपत भइसकेको छ।

National life

दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।

पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए।

हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेको जनाइएको छ। थप डीएपी मल माग गरिए पनि प्राप्त नभएको प्रमुख साहले बताए। अन्तर्राष्ट्रियस्तरमा डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव भएको उनको भनाइ छ।

साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुरमा पनि डिएपी मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए। उनले भने, ‘हामीसँग युरिया मल मौज्दात छ, तर डिएपी छैन।’ ती दुवै जिल्लाका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल बिक्री वितरण गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

धनुषामा ३३ हजार पाँचसय हेक्टर जमिनमा गहुँखेती हुँदै आएको छ। उक्त क्षेत्रफलमा भएको खेतीबाट एक लाख पाँच सय मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी प्रदीप यादवले बताए।

प्रकाशित: Dec 10, 2024| 17:01 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्