सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँका दुई पालिका जोड्न १० करोड लागतमा पक्की पुल निर्माण सुरु

तनहुँका दुई पालिका जोड्न १० करोड लागतमा पक्की पुल निर्माण सुरु

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

दमौली- तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका-४ र भानु नगरपालिका-१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो।

National life

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ। डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर-१ र भानु-१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण सुरु भएको हो। भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

दश करोड १० लाख ९१ हजार १ सय ६६ रूपैयाँको लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। तिवारीका अनुसार पुल निर्माणका लागि एमएस आईएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो। 

पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाए। पुल ४० मिटर लम्बाइको हुनेछ।

हाल पुलको फाउण्डेसनको काम भइरहेको छ। पुल निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड ३६ लाख ८२ हजार रूपैयाँ बजेट विनियोजन भएको छ। पुल निर्माणपश्चात आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बेँसीसहर जान सक्नेछन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 10, 2024| 17:31 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्