सोमबार, मंसिर २९, २०८२

घोराहीको घोरदौरामा जीपलाइन चलाइँदै

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

दाङ- घोराही उपमहानगरपालिका-१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ। घोराही-१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए।

National life

घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुवात गरिएको उनले बताए। 'अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ', सञ्चालक गौतमले भने।

साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए छिट्टै सञ्चालनमा आउन लागेको जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ। स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ।

घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनले बताए। हालसम्म एक करोड रुपैयाँभन्दा बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ। 

घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो। जीपलाइनका लागि एक हजार आठ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए। रासस  

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 10, 2024| 19:31 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्