बुधबार, जेठ २०, २०८३

रवि लामिछानेको बयान आज पर्सामा लिइने

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१
National life
Shivam cement

काठमाडौं- सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज बयान हुने भएको छ। बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो।

लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए। जीबी राई सञ्चालक रहेको सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाट सडक मार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 10, 2024| 08:02 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्