बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  सोमबार, मंसिर २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

पटक-पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो।

आयोगका अनुसार उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए। पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक २०१६ जन्ममिति उल्लेख गरेका थिए। उता निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन २०१५ जन्ममिति घोषणा गरेका थिए। सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्ममिति उल्लेख थियो। त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए।

हाल उनी बीमा प्राधिकरणको अध्यक्ष छन्। उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानेको छ।

मुद्दा दायर भएसँगै सिलवाल पदमुक्त भएका छन्।

Shivam cement

प्रकाशित: Dec 09, 2024| 16:47 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्