सोमबार, मंसिर २९, २०८२

दार्चुलामा हिमपात र वर्षा

 |  सोमबार, मंसिर २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

दार्चुला- दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ।

National life

दार्चुलाको अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो। ब्यास र अपि हिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ।

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपि हिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिए। त्यस्तै जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ।

त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ। रासस

प्रकाशित: Dec 09, 2024| 13:47 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्