सोमबार, मंसिर २९, २०८२

सुन्तला टिप्ने बेलामा बाँदर खेदाउने हैरानी

 |  सोमबार, मंसिर २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ। पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरू समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए। फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ।

National life

‘अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतंकले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ’, उनले भने।

जंगलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन्। अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउँछन्। दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताए।

‘फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतंक नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन’, उनले भने। सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन्।

अन्नपूर्ण गाउँपालिका-६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतंक पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताए। ‘बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ’, वडाध्यक्ष खड्काले भने।

Laxmi sunrise bank
kumari

घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हुँदै आएको छ। करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब ४० देखि ५० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री हुने गरेको छ।

प्रकाशित: Dec 09, 2024| 08:48 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्