सोमबार, मंसिर २९, २०८२

बेनी-पुलाचौर सडक ८२ लाखमा कालोपत्रे

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

म्याग्दी- बेनी-पुलाचौर पाँच किलोमिटर सडक ८२ लाख रुपैयाँको लागतमा पक्की बनाइएको छ। बेनी-अर्थुङ्गे-बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो। 

National life

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो। बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र  एक सय मिटर ढलान भएको छ।

एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ। 

बेनी-पाखापानी सडक योजनामा विनियोजन भएको तीन करोड बजेटमध्ये एक करोड ५० लाख रुपैयाँको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए। रासस

प्रकाशित: Dec 08, 2024| 20:31 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्