बुधबार, जेठ २०, २०८३

असोजको बाढीले तनहुँमा एक करोड बढीको बालीमा क्षति

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

तनहुँ- गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ। आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो।

National life

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ। छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा रु १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा रु ६० हजार नोक्सान भएको छ।

देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा रु दुई लाख ४० हजारको नोक्सान भएको छ।

देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु एक लाखबराबरको नोक्सान भएको छ।

Shivam cement

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ।

प्रकाशित: Dec 08, 2024| 18:01 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्