बिहीबार, असार २६, २०८२

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  आइतबार, मंसिर २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

vianetvianet

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।


आज कास्की अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ।

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो। वीरगन्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोपमा उनलाई पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।

 

 

प्रकाशित: Dec 08, 2024| 14:37 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्