आइतबार, मंसिर २८, २०८२

रविलाई म्याद थपका लागि अदालत पेस गरिँदै

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ।

National life

मंसिर ८ गतेदेखि लागु हुने गरी थपिएको १५ दिनको म्याद हिजो शनिबार सकिएकाले आज उनलाई अदालत लैजान लागिएको हो।

अनुसन्धान बाँकी नै रहेकोले उनलाई अझै म्याद थप हुने सम्भावना छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ। 

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो। वीरगन्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोपमा उनलाई पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । 

प्रकाशित: Dec 08, 2024| 10:13 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्