सोमबार, भदौ १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एक अर्बभन्दा बढी लागतमा बनेको 'दमक बिजनेस कम्प्लेक्स'को आइतबार उद्घाटन हुँदै

एक अर्बभन्दा बढी लागतमा बनेको 'दमक बिजनेस कम्प्लेक्स'को आइतबार उद्घाटन हुँदै

 |  शनिबार, मंसिर २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

vianetvianet

झापा- दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ। दमक नगरपालिका-३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।

Kumaribank

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए। व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए।

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर- ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ। उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए। रासस

प्रकाशित: Dec 07, 2024| 18:31 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्