सोमबार, मंसिर २९, २०८२

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

 |  शनिबार, मंसिर २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

गोरखा- गोरखाको पालुङटार नगरपालिका-९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुवात गरेको छ। विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिए।

National life

'यस वर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ', उनले भने, 'उक्त जमिनमा करिब ६ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ।'

विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी स्ट्रबेरीखेती गर्ने काममा जोडिएको उनको भनाइ छ। 'उत्पादनपछि बिक्री भएको आम्दानीको ६० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने विद्यालयले निर्णय गरेको छ', प्रधानाध्यापक सेडाईले भने, 'परीक्षण सफल भए आगामी वर्ष १० रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरीखेती गर्ने योजना विद्यालयको छ।'

स्थानीयस्तरमा अहिलेसम्म अन्यत्र स्ट्रबेरी खेती पनि नभएको र बजार मूल्य पनि राम्रो भएकाले विद्यालयले स्ट्रबेरीखेतीलाई प्राथमिकता दिएको उनको भनाइ छ।

विद्यालयले कृषि धारमा अध्ययनरत विद्यार्थीलाई उत्पादनमा जोड्न करिब १० रोपनी खेत र आठ रोपनी पाखाबारी भाडामा लिएर धान, मकैलगायत बेमौसमी तरकारीखेती समेत गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

विद्यालयले गर्दै आएको कृषिखेतीबाट विद्यार्थीलाई किताबकापी खर्च, खानाखाजा तथा पोसाक किन्न सहज हुँदै आएको छ। रासस

प्रकाशित: Dec 07, 2024| 19:01 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्