सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • १८ महिनाभित्र सक्नेगरी भमके खोलामा पुल निर्माण सुरू, लागत दुई करोड १२ लाख

१८ महिनाभित्र सक्नेगरी भमके खोलामा पुल निर्माण सुरू, लागत दुई करोड १२ लाख

 |  शनिबार, मंसिर २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

तुलसीपुर- दाङको गहते-बाघमारे-हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन्।

National life

शान्तिनगर गाउँपालिका-५ चिराघाटका ऋषिराज अधिकारीले बर्सातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या हुने गरेको भए पनि अब पुल बनेमा सहज हुने भन्दै खुसी व्यक्त गरे। 'बर्सातमा निकै समस्या हुन्थ्यो, खोलाले आवतजावत नै रोक्ने अवस्था हुन्थ्यो', उनले भने, 'अब यो समस्या टरेको छ।'

त्यस्तै, तुलसीपुर-१ भमकेका रामबहादुर चौधरीले पनि खोलामा पुल बन्न लागेकाले आवतजावतमा सहज हुने बताए। बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ। यसअघि पुल नहुँदा बर्सातमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो।

सडक बीचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुनेछ। त्यसका लागि शारदा निर्माण सेवासँग दुई करोड १२ लाख ६४ हजार रूपैयाँमा सम्झौता भएको छ। साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसँग सम्झौता भएको छ।

बैलाहाखोलाको काम भने सुरू भएको छैन। गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिनाभित्र सक्नुपर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले बताए।

Laxmi sunrise bank
kumari

पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुनेगरी बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आफू लागिरहेको लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताए।

उनले पश्चिम दाङको सडक तथा पुलहरूका लागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनको विषयमा पनि पटक-पटक अनुगमन गरिरहेको उनको भनाइ छ। अहिले सम्झौता गरेर काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताए। रासस

प्रकाशित: Dec 07, 2024| 18:01 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्