सोमबार, मंसिर २९, २०८२

मधेस प्रदेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान

 |  शनिबार, मंसिर २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ। गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय सात मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ। 

National life

समयमै पानी परेको तथा मल तथा बिउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताए। 

धानवाली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गत आवको तुलनामा चालु आवमा प्रतिहेक्टर शुन्य दशमलव पाँच मेट्रिकटन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ। गतवर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो। 

सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा ३७ हजार छ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ। 

पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ। 

Laxmi sunrise bank
kumari

महोतरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ। 

जनकपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले किसानसँग धान खरिद प्रक्रिया भइसकेको जनाएको छ। 

प्रकाशित: Dec 07, 2024| 12:01 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्