आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा हुन्छ : अफगान गृहमन्त्री

Siddartha premir insuranceSiddartha premir insurance

सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा हुन्छ : अफगान गृहमन्त्री

अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी पाकिस्तानले दुवै पक्ष मिलेर समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भनेका छन्, ‘पाकिस्तान राजनीतिक समाधान प्रयासमा हाम्रो समर्थन रहनेछ।’
 |  आइतबार, साउन ३१, २०७८
nespernesper

बीबीसी

बीबीसी

आइतबार, साउन ३१, २०७८

काठमाडौं– तालिवानले निरन्तर आक्रमण गर्दै देशका मुख्य सहर नियन्त्रणमा लिएपछि अफगान राष्ट्रपति असरफ घानीले राजीनामा दिने खबर आइरहेका छन्। यद्यपि राष्ट्रपति घानीले आइतबार एक भिडियो सन्देश जारी गर्दै तालिवानविरुद्ध लडिरहेका सेनालाई मनोबल उच्च राख्न निर्देशन दिएका छन्। घानीले भनेका छन्, ‘वर्तमान अवस्थामा अफगानी सुरक्षा फौजहरूको मनोबल उच्च राख्नु हाम्रो प्राथमिकता हुनेछ।’ 

triton college

अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकबलले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन्। उनले भनेका छन्, ‘अफगानी जनताले चिन्ता लिनुपर्ने अवस्था छैन। किनभने काबुलमा कुनै आक्रमण हुनेछैन र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनेछ।’ अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाएको तालिबानले आइतबार सबैरैदेखि काबुल सहरलाई घेराबन्दीमा पारेको छ। तालिबानका प्रवक्तालाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘तालिबान लडाकुलाई सरकारी सेनाविरुद्ध गोलाबारी गर्न दिइने छैन। उनीहरूलाई सुरक्षित रुपमा घर जान दिइनेछ।’ 

यस्तै अस्पतालका आकस्मिक सेवा र विमानस्थल सञ्चालनमा रोक नलाइने ती प्रवक्ताले जनाएका छन्। विदेशी नागरिकलाई स्वदेश फर्कन कुनै अवरोध नगरिने तालिबानले जनाएको छ। 

अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी पाकिस्तानले दुवै पक्ष मिलेर समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भनेका छन्, ‘पाकिस्तान राजनीतिक समाधान प्रयासमा हाम्रो समर्थन रहनेछ।’

यसैबीच अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी पाकिस्तानले दुवै पक्ष मिलेर समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भनेका छन्, ‘पाकिस्तान राजनीतिक समाधान प्रयासमा हाम्रो समर्थन रहनेछ।’

विद्राही समूहले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बगराम हवाई अड्डामा विगत तीन महिनादृखि तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो। 

Metro Mart
vianet

अमेरिकाले अफगानिस्तानमा जारी राखेको युद्ध यहींबाट सञ्चालित थियो। गत महिना अमेरिकी सेनाले रातारात यो सैनिक अखडा छाडेको थियो। सन् २००१ डिसेम्बरमा अमेरिका नेतृत्वको नेटो सैनिक काबुलमा प्रवेश गरेको थियो। 

सोही बेलादेखि बगरामलाई विशाल हवाई अड्डामा रूपमा विकसित गरिएको थियो। कुनै समय त्यहाँ दसौं हजार सेना तैनाथ रहन्थे। बगराम अड्डामा अमेरिकी सेनाले कैदीबन्दीलाई दुव्र्यवहार गर्दै आएको भन्दै आलोचना हुने गरेको छ। 

अमेरिकी सेनाले बनाएको यो जेल २०१३ मा अफगानिस्तानको जिम्मा लगाएको थियो। तालिबान लडाकुले बुद्ध मूर्तिका लागि प्रसिद्ध बामियान प्रान्त पनि नियन्त्रणमा लिइसकेको छ।

यसैगरी तालिबान वार्ताटोलीका सदस्य र राष्ट्रपति असरफ घानीबीच बीच सत्ता हस्तान्तरणको तयारी गरिएको समाचार एजेन्सी एपीले जनाएको छ। यसअघि अफगानिस्तानका राष्ट्रपति घानीले अमेरिकाका विशेष दूत र नेटोका अधिकारीहरूसँग वार्ता गरेका छन्।

प्रकाशित: Aug 15, 2021| 18:48 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।