बिहीबार, साउन १४, २०८३

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय आफ्नै भवनमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी प्रदेश कार्यालय पोखराको सुविधासम्पन्न आफ्नै भवनमा सञ्चालन गर्न थालेको छ । बिहीबार आयोजित कार्यलय उद्घाटन कार्यक्रममा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो । 

गण्डकी प्रदेशमा बागलुंग, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौर गरी चार शाखा छन्। बैंकले शाखा विस्तारका साथै व्यापार प्रबद्र्धनमा शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाइ जस्ता कार्यहरू गर्नेछ।

बैंकका शाखा कार्यालयहरुले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्यै ४ वटा जिल्लामा बैंकको पहुँच छ । यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहकलाई  बैंकिंग सेवाप्रदानगर्दै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्