बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
 |  आइतबार, साउन ३१, २०७८

बीबीसी

बीबीसी

आइतबार, साउन ३१, २०७८

काठमाडौं– अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाएको तालिबानले आइतबार सबैरैदेखि काबुल सहरलाई घेराबन्दीमा पारेको छ। तालिबानका प्रवक्तालाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘तालिबान लडाकुलाई सरकारी सेनाविरुद्ध गोलाबारी गर्न दिइने छैन। उनीहरूलाई सुरक्षित रुपमा घर जान दिइनेछ।’ 

Kumaribank

यस्तै अस्पतालका आकस्मिक सेवा र विमानस्थल सञ्चालनमा रोक नलाइने ती प्रवक्ताले जनाएका छन्। विदेशी नागरिकलाई स्वदेश फर्कन कुनै अवरोध नगरिने तालिबानले जनाएको छ। 

विद्राही समूहले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बगराम हवाई अड्डामा विगत तीन महिनादृखि तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो। 

अमेरिकाले अफगानिस्तानमा जारी राखेको युद्ध यहींबाट सञ्चालित थियो। गत महिना अमेरिकी सेनाले रातारात यो सैनिक अखडा छाडेको थियो। सन् २००१ डिसेम्बरमा अमेरिका नेतृत्वको नेटो सैनिक काबुलमा प्रवेश गरेको थियो। 

सोही बेलादेखि बगरामलाई विशाल हवाई अड्डामा रूपमा विकसित गरिएको थियो। कुनै समय त्यहाँ दसौं हजार सेना तैनाथ रहन्थे। बगराम अड्डामा अमेरिकी सेनाले कैदीबन्दीलाई दुव्र्यवहार गर्दै आएको भन्दै आलोचना हुने गरेको छ। 

Metro Mart

अमेरिकी सेनाले बनाएको यो जेल २०१३ मा अफगानिस्तानको जिम्मा लगाएको थियो। तालिबान लडाकुले बुद्ध मूर्तिका लागि प्रसिद्ध बामियान प्रान्त पनि नियन्त्रणमा लिइसकेको छ।

यसैबीच अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिरजकवालले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएका छन्। उनले भनेका छन्, ‘यसपछि अन्तरिम सरकार बन्नेछ।’ यसैगरी तालिबान वार्ताटोलीका सदस्य र राष्ट्रपति असरफ घानीबीच बीच सत्ता हस्तान्तरणको तयारी गरिएको समाचार एजेन्सी एपीले जनाएको छ। यसअघि अफगानिस्तानका राष्ट्रपति घानीले अमेरिकाका विशेष दूत र नेटोका अधिकारीहरूसँग वार्ता गरेका छन्।

 बीबीसी


प्रकाशित: Aug 15, 2021| 18:06 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।