मंगलबार, चैत २४, २०८२

शिर्ष स्थानको बाटो पन्छाउदै टोटनहम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेको टोटनहमले कार्डिफ सिटीलाई हराउदै शिर्ष स्थानमा उक्लने स्थिति सहज बनएको छ । मंगलबार राति भएको कार्डिफविरुद्धको खेलमा ३-० को जित निकाल्दै लिभरपुलसँगको दुरी ६ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमको जितमा हेरी केन, क्रिस्टियन इरिक्सन र सन हिउङ र मिङले एक एक गोल गरे ।  खेलको तेस्रो मिनेटमा शुरुवाति अग्रता बनाएको टोटनहमका लागि केनको गोल गरेका हुन् । उल्भ्ससँग आश्चार्यजन हार ब्यहोरेको टोटनह्यामले गएराति भएको उत्कृष्ट भने उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । 

त्यस्तै खेलको १२ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै टिमलाई दुई शुन्यको अग्रता दिलाए । त्यसपछि २६ औं मिनेटमा कोरीयन खेलाडी मिङले उत्कृष्ट फिनिस गर्दै टोटनह्यामले आधा घण्टा भित्र नै तीन शुन्यको अग्रता लिन सफल भयो । पछिल्ला सात खेलमा मध्य एउटा खेलमा मात्र हार ब्यहोर्यको टोटनहमले छैटौ खेलमा जित निकाल्ने क्रममा दोस्रो हाफमा पनि केहि मौका पाएको थियो तर गोल थप्न सकेन ।

जितपछि टोटनह्यामको २१ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ५४ अंक छ । आजको खेलको जितपछि टोटनह्यामका प्रशिक्षक माउरीसियो पोचिटीनोले टिमले उपाधि यात्रा कायम राख्न यहि फर्मलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।