मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सभापति लामिछानेसँग सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु

सभापति लामिछानेसँग सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१
National life
Shivam cement

गण्डकी- सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ। 

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पुर्‍याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा निजसँग बयान लिइएको हो। 
    
पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो। 

प्रकाशित: Nov 12, 2024| 14:21 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्