काठमाडौं- नयाँ वर्ष २०१९ को शुुभारम्भसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी योजना २०१९ सनडे फनडे र वाउ ओईनस्डे गरी दुई भिन्न प्रकारको योजना सार्बजनिक गरेका छन्।
सनडे फनड अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड बाहकहरुले हरेक आईतबार देशभरका पोस्टहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५% वा अधिकतम रु ५०० सम्म नगद फिर्ता हुने योजना ल्याएका छन्।
ओईनस्डे योजना अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुपरमार्केटका देशभरीका कुनै पनि शाखाबाट हरेक बुधबार सामान खरीद गरेवापत अधिकतम रु ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ।
यस योजनाबाट सेन्चुरी बैंक लि, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि., सहयोगी विकास बैंक र युनाईटेड फाईनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन्।
यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुने र सुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकर्षित हुनेमा बैंकहरु विश्वस्त छन्।
यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म लागू हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४