मंगलबार, साउन १२, २०८३

फेरी नेप्सेमा दोहोरो अंककाे गिरावट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ। सोमबार नेप्से १७.२६ अंकले घटेर एक हजार १८७.२८ बिन्दुमा पुगेको हो। बुक क्लोजपछि नाफा बुक गरेको कारणले बजार घटेको नेप्से विश्लेषकहरुले बताएका छन्। उनीहरुकाअनुसार शेयर बिक्री गरिसकेकाहरुले अझै केही घटाउने प्रयास गर्न सक्छन्। त्यसका लागि लगानीकर्ताहरू चनाखो हुनुपर्ने सुझाब दिएका छन्। 

‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स समेत ३.८४ अंक घटेर २५२.१७ बिन्दुमा पुगेको छ।

यो साताको पहिलो दिन आइतबार पनि नेप्से दोहोरो अंकले घटेको थियो। सो दिन नेप्से १०.६२ अंक घटेर एक हजार २०४.५४ बिन्दुमा पुगेको थियो। 

१६७ कम्पनीको पाँच हजार २५८ कारोबारबाट ११ लाख ७९ हजार ४३ पटक शेयर खरिद बिक्री हुदा ४० करोड तीन लाख १२ हजार ३८५ रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएको दश समूह मध्ये अधिकांश समूहको परिसूक घटेको छ। सबैभन्दा बढी ननलाइफ इन्स्योरेन्स समूहको परिसूचक १६०.२३ अंक घटेर पाँच हजार ६६५.७३  बिन्दुमा पुगेको छ।

त्यसपछि लाइफ इन्स्योरेन्स समूहको परिसूचक १५३ अंक, माइक्रोफाइनान्स समूहको परिसूचक २३.५८, होटेल समूहको परिसूचक १९.२७, बैंकिङ समूहको परिसूचक १४.९४, विकास बैंक समूहको परिसूचक १३, अन्य समूहको परिसूचक १०.४८ अंक घटेको छ।

यसैबीच हाइड्रोपावर समूहको परिसूचक ६.९५, फाइनान्स समूहको परिसूचक १.३९ र उत्पादनमुलक समूहको परिसूचक ७.१३ अंक बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्