मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फा र विराटनगर महानगरपालिकाबीच समझौता

साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फा र विराटनगर महानगरपालिकाबीच समझौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पाँचौ साफ महिला फुटबल च्याम्पियनसीप आयोजनाका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सम्झौता भएको छ । फागुन २८ गतेदेखि सुरु हुने साफ प्रतियोगिता गराउनका लागि महानगरसँग एन्फको सम्झौता भएको हो ।

सम्झौता अनुसार महानगरले प्रतियोगिता सुरु हुनु १५ दिन अगाडि नै संरचनाहरु निर्माण गरी एन्फालाई हस्तान्तरण गर्नेछ । त्यसैगरी, एन्फाले साफमा सहभागि राष्ट्रका प्रतिनीधि, खेलाडीलाई आमन्त्रण तथा व्यवस्थापन गर्नेछ  ।

प्रतियोगिताका लागि गृहमन्त्रालयसँग समन्वय गर्दै शान्ति सुरक्षाको व्यवस्थापन पनि एन्फाले नै गर्ने  छ । साफ आयोजनाका क्रममा भएका आम्दानी तथा खर्चहरुसमेत महानगरलाई जानकारी गराउने सम्झौता पत्रमा उल्लेख छ ।

यससँगै महानगरले रंगशालाको भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ । महानगरका मेयर भीम पराजुलीले साफको आयोजना गर्न पाउनु नै विराटनगरका लागि अवसर भएको बताए । 

खेलको माध्यमबाट प्रदेश एकका विभिन्न पर्यटकीय क्षेत्रलाईसमेत टेवा पुग्ने बताउँदै उहाँले पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा कुनै कमीकमजोरी आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्झौताका क्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्तर्राष्ट्रियस्तरबाट ३ सय बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने उल्लेख गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।