सोमबार, साउन ११, २०८३

आज लिभरपुलले आर्सनलको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार ६ खेल हुँदैछन् । शनिबार रातिको खेलमा  विभिन्न ठुला टोलीले पनि प्रतिस्पर्धा गर्दै छन् । शनिबार शीर्ष स्थानको लिभरपुल र आर्सनलबीचको खेलमा निक महत्वका साथ हेरिएको छ । त्यस्तै अर्को महत्वपुर्ण खेलमा दोस्रो स्थानको टोटेनहमले वुल्भ्ससँग भिड्दै छ । 

लिभरपुलले घरेलु मैदानमा आर्सनलसँग नेपाली समय अनुसार राति ११:१५ भिड्दैछ । घरेलु मैदानमा लिभरपुलको लक्ष्य आर्सनललाई पराजित गर्दै आफ्नो उपाधि होड बलियो बनाउनु हुनेछ ।

लिगमा लिभरपुल दोस्रो स्थानको टोटेनहमभन्दा ६ अंकले अघि छ । दोस्रो स्थानको टोटनहम पराजित भएमा लिभरपुलको अग्रता ९ हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले ५१ अंक जोडेको छ ।

यता, ३८ अंक जोड्दै पाँचौ स्थानमा रहेको आर्सनल लिभरपुललाई स्तब्ध बनाउदै शीर्ष चारमा पुग्ने लक्ष्यमा हुनेछ । लिभरपुललाई हराए आर्सनल चेल्सीलाई पछि पार्दै चौथो स्थानमा उक्लनेछ । 

त्यस्तै अर्को खेलमा टोटेनहमको  मैदानमा हुने खेल ८:४५ मा सुरु हुनेछ । वुल्भ्सविरुद्ध मैदान उत्रदा टोटेनहम सहज जितसहित लिभरपुलसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।

प्रिमियर लिग अन्तर्गत अन्य खेलमा ब्राइटन र एभर्टन, फुलहम र हडर्सफिल्ड तथा लेष्टर सिटी र कार्डिफ सिटीबीच खेल हुनेछ । त्यस्तै वाट्फोर्डले न्युकासलको सामना  गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।