बिहीबार, चैत २६, २०८२

बिग ब्यास लिग : सन्दीप चम्किँदा दिल्ली मख्ख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- हाल अष्ट्रेलियन लिग बिग ब्यास खेली रहेका नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछानेले सिड्नीमा सनसनी मच्चाएका छन् । उनले लिगमा तीन खेल खेल्दा ७ विकेट लिँदै सर्वाधिक विकेट लिनेको शिर्ष स्थानमा छन् । 

उनकै उच्च प्रदर्शनका कारण उनी सम्मेलित मेलवर्न स्टार्सले बिग ब्यास लिगमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा मेलवर्नले सिड्नीलाई ५ विकेटले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । 

निकै नै कसिलो बलिङ गरिरहेका सन्दीपले लिगका अन्य टोलीका ब्याट्सम्यानको ब्याटिङ्लाई धरमराई रहेका छन् । तेस्रो खेलमा सन्दीपले ४ ओभरमा २ विकेट लिँदै १८ रन खर्चिएका थिए । 

पहिलो डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ३ विकेट लिँदै आफ्नो नाममा तीन खेलमा सर्वाधिक ७ विकेट लेखाएका हुन् । बिग ब्यासमा सन्दीपको प्रर्दशन देखेर दिल्ली खुसि भएको छ । 

दिल्लीले सन्दीपको हरेक क्रियाकलापलाई कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जालमा बेला बेलामा पोष्ट गरिरहेको पाइन्छ । हुन त दिल्लीको सामाजिक सञ्जालको पेजमा नेपाली फ्यानको बाहुल्यता धेरै रहेको छ । दिल्लीको अन्य खेलाडीको पोष्टको तुलनामा सन्दीपको पोष्टमा धेरै लोकप्रिय पाइन्छ ।

ग्तबर्ष देखि सन्दीप आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने गर्दछन् । सन्दीपको पारीश्रमिक कति भनेर नुखाईएपनि गत वर्षको भन्दा केहि राम्रो पाउने अनुमान गरिएको छ । गत वर्ष दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो भने यस वर्ष रिटेन गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।