सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कालिमाटी बजार पुगेर कृषि राज्यमन्त्रीको निर्देशन-नियम नमान्‍नेलाई कारबाही गर्नुहोस्

कालिमाटी बजार पुगेर कृषि राज्यमन्त्रीको निर्देशन-नियम नमान्‍नेलाई कारबाही गर्नुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कालिमाटी तरकारी तथा फलफूल बजारको बिहीबार बिहान अनुगमन गरेकीछिन्। बजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गर्ने उद्देश्यले अनुगमन गरिएको हो।

अनुगमनपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको कार्यक्रममा कृषि राज्यमन्त्री चौधरीले पछिल्लो समय बजारमा केही सुधार भएको बताइन्। तर त्यतिमै सन्तोष गर्ने ठाँउ भने नरहेको उनको भनाइ छ। उनले समितिलाई निर्देशन दिदै भनिन्, ‘बजारमा व्यवसायीहरुले नियम कानून मापदण्ड मान्दैनन् भने तुरुन्त कारबाही गर्नुहोस्।’ सरकारले बनाएको नियम कानून कार्यान्वयन गर्ने सबैको भूमिका उतिकै हुन्छ। तरकारी व्यवसायमा उत्पादन, बिक्री सम्पूर्ण स्वच्छ र पारर्दशी हुनुपर्ने उनको जोड छ।

मन्त्रालयले केही महिनाअघि गरेका अनुगमनहरुमा कालिमाटी तरकारी बजारमा १२ हजार रुपैयाँ भाडा रहेको तरकारी बिक्री गर्ने स्टललाई विभिन्न तहको बिचौलियामार्फत दुई लाख रुपैयाँसम्ममा लेनदेख गरेको फेला पारेको थियो।
 
लगत्तै समितिले दोषि भेटिएको ५७ व्यवसायीलाई खारेज गर्ने प्रकिया अघि बढायो। त्यसमध्ये २५ व्यवसायी सो विरुद्ध अदालतमा गए। बाँकी खारेज गरिएको मन्त्रालयको दाबी छ। अदालतमा गएका स्टलहरु भने बिचाराधिन छन्। 
समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले कालिमाटी बजारमा विगतको तुलनामा धेरै सुधार भएको बताए।‘तरकारी बजारमा बिचौलियाको पाँच तह रहेकोमा केही तह हटाउन सफल भएका छौं,’ उनले भने ‘कालिमाटीको फोहोरलाई कम्पोष्ट मल बनाउ शुरु गरेका छौं।’

उनका अनुसार २०/२५ प्रतिशत फोहोर तरकारीबाट उत्पन्न हुन्छ। किसानले मोबाइलमार्फत तथा कालिमाटीमा रहेको डीजीटल स्क्रीनद्वारा दैनिक मूल्य प्रकाशित गरिने गरिएको छ। उनले मनहराको ५८ र नौबिसेको साढे चार रोपनी जग्गालाई समेत तरकारी बजारको लागि उपयोग गर्नु पर्नेमा जोड दिए।

त्यस्तै तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका अध्यक्ष भरत खतिवडाले पछिल्लो समय बजारमा धेरै सुधार भएको दाबी गरे।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्