काठमाडौं– रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दसैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैंंमा २० लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ।
रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट दोस्रो महिनाको विजेता घोषित भए । सेवाग्राही थापाले नगद एक लाख प्राप्त गरेका छन्। आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी आमा चिनुमाया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
२०७५ साल असोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु सेवाग्राही मुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’बाट दुईजना बिजेता घोषित भइसकेका छन् ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फतरू एक हजारको बिलभुक्तानी, हरेक हप्ता एक जनाभाग्यशाली सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना एक जना भाग्यशाली सेवाग्राहीलाई एक लाख नगद तथा बम्परमा एक जनाभाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गर्ने गरी कार्यक्रम तय गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४