शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पर्साका संघीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब

Siddartha premir insuranceSiddartha premir insurance

पर्साका संघीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब

 |  मंगलबार, साउन ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

वीरगञ्ज- संघीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रूपैयाँ रकम पुँजीगत खर्च गरेका छन्।

triton college

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पुँजीगत बजेटमध्ये ७३ दशमलव ५० प्रतिशत खर्च गरेका छन्। पर्सा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीले गत आवको असारमा मात्र संघीय सरकार मातहतका ५१ कार्यालयले ४२ करोड ९८ लाख ७१ हजार एक सय ७० पुँजी खर्च गरेको बताए।

'पर्साका सरकारी कार्यालयको समग्रमा पुँजीगत खर्च सन्तोषजनक नै देखिन्छ', उनले भने। ती कार्यालयका लागि गत आवमा चालु खर्चतर्फ १० अर्ब ५९ करोड ४५ लाख ५० हजार तीन सय ६१ रूपैयाँ बजेट विनियोजन गरेको थियो।

गत आवमा चालुतर्फ विनियोजित रकममध्ये ९५ दशमलव ४५ प्रतिशत अर्थात् १० अर्ब १२ करोड १६ लाख ६९ हजार चार सय ८६ रूपैयाँ खर्च भएको छ। कार्यालयका अनुसार गत आवको असारमा मात्र यहाँका सरकारी कार्यालयले चालु खर्चतर्फ एक अर्ब ३० करोड छ लाख दुई हजार सात सय आठ रूपैयाँ खर्च गरेका छन्।

एकाउन्न सरकारी कार्यालयले गत आवमा पुँजीगत र चालुतर्फ दुवै गरेर ११ अर्ब ९९ करोड तीन लाख ६८ हजार सात सय तीन रूपैयाँ खर्च गरेका छन्। आव २०७९/८० मा पर्साका सरकारी कार्यालयका लागि १४ अर्ब १५ करोड ३७ लाख आठ हजार तीन सय ८७ रूपैयाँ खर्च भएको थियो।

Metro Mart
vianet

जसमध्ये चालु खर्चतर्फ १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार एक सय ६८ रूपैयाँ खर्च भयो। आव २०७९/८० मा सरकारी कार्यालयले पुँजीगततर्फ तीन अर्ब ५६ करोड ८३ लाख ७४ हजार दुई सय १९ रूपैयाँ खर्च गरेका थिए।

प्रमुख कोष नियन्त्रक उप्रेतीले जिल्ला सरकारी कार्यालयले गत आव २०८०/८१ मा दुई खर्ब सात अर्ब १२ करोड ९३ लाख ९५ हजार छ सय २५ रूपैयाँ रकम राजस्व संकलन गर्न सफल भएको बताए। 'पर्सा जिल्लाका सरकारी कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु छ अर्बभन्दा धेरै राजस्व संकलन गरेका छन्', उनले भने।

कार्यालयले आव २०७९/८० मा दुई खर्ब एक अर्ब ३९ करोड ८१ लाख १० हजार आठ सय ४२ रूपैयाँ राजस्व संकलन गरेका थिए। नियन्त्रक उप्रेतीले अघिल्लो आवभन्दा अर्थतन्त्रका सूचकमा सुधार आएकाले पनि राजस्व संकलनमा वृद्धि भएको बताए। 'अघिल्ला वर्षभन्दा पनि भन्सार राजस्वमा सुधार आएको छ। बिस्तारै अर्थतन्त्रका सूचकमा सुधार आएकाले पनि राजस्व बढेको देखिन्छ', उनले भने। रासस

प्रकाशित: Jul 23, 2024| 21:31 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्