आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ओलीप्रति बालेनको आक्रोश- 'तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्'

ओलीप्रति बालेनको आक्रोश- 'तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्'

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा शब्दमा कटाक्ष गरेका छन्।

जेनजी समूहको आन्दोलनमा सरकारले गरेको दमनप्रति कटाक्ष गर्दै बालेनले प्रधानमन्त्री ओलीप्रति कडा रुपमा आक्रोश व्यक्त गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई ‘तँ’ शब्दमा नै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई आतंकवादीको संज्ञा दिएका छन्।

उनले लेखेका छन् 'तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस। यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कबादी होस्,'

प्रकाशित: Sep 09, 2025| 07:30 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्