शनिबार, असोज ३, २०८३

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ। 

यसैगरी, तीव्रगतिमा १५४, हर्न निषेधमा ४०, लेन क्रसमा ६४, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १५ र अन्यमा १५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 19, 2026| 10:26 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्