आइतबार, भदौ १४, २०८३

वीरगंजमा हुन्डाईको शोरूम उद्घाटन

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

वीरगंज-नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले वीरगंजको श्रीपुर, मुर्ली–११ मा नयाँ आधुनिक शोरूम उद्घाटन गरेको छ।

यो शोरूमबाट वीरगंजसहित सिमरा, कलैया, चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकले हुन्डाईका प्रिमियम गाडी र सेवा सहज रूपमा पाउनेछन्। आधुनिक पूर्वाधारसहित बनेको शोरूमले स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको अनुभव दिने कम्पनीले जनाएको छ।

हुन्डाई लामो समयदेखि नेपालमा सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा परिचित रहँदै आएको छ। सुरक्षित, उत्कृष्ट गुणस्तर र उच्च प्रदर्शन हुने गाडी उपलब्ध गराउँदै आएको यस कम्पनीले रामग्राम, नवलपरासीमा नेपालको पहिलो चारपाङ्ग्रे गाडी असेंब्ली प्लान्ट सुरु गरेर आफ्नो नेतृत्वलाई अझ बलियो बनाएको हो।

वीरगंज शोरूमको उद्घाटन हुन्डाईको देशभर ग्राहक सेवाको सञ्जाल विस्तार गर्ने योजनाको एक महत्वपूर्ण हिस्सा रहेको कम्पनीको भनाइ छ। अहिले कम्पनीले विभिन्न क्षेत्रमा बिक्री केन्द्र, सर्भिस सेन्टर र ग्राहक सम्पर्क बिन्दुहरू मार्फत सेवा पुर्याउँदै आएको छ।

यो उपलब्धिसँगै हुन्डाईले नेपालभरका ग्राहकलाई उन्नत, दिगो र प्रिमियम गुणस्तरका गाडीहरू उपलब्ध गराउने प्रतिबद्धता पुनः दोहोर्याएको छ।

प्रकाशित: Sep 08, 2025| 10:34 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्