मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दराजले गर्यो '९‍‍.९ दसैं धमाका–बडा दसैं बडा तयारी' अभियान घोषणा

दराजले गर्यो '९‍‍.९ दसैं धमाका–बडा दसैं बडा तयारी' अभियान घोषणा

 |  सोमबार, भदौ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

vianetvianet

काठमाडौं-दसैंलाई लक्षित गर्दै अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वार्षिक अभियान '९.९ दसैं धमाका-बडा दसैं, बडा तयारी' सुरु गर्ने घोषणा गरेको छ।भदौ २४ देखि असोज ७ गतेसम्म सञ्चालन हुने यो सेलमार्फत उपभोक्ताले ७५ प्रतिशतसम्म छुट, निशुल्क डेलिभरी तथा १ लाख रूपैयाँ भन्दा बढी खरिदमा १० हजारसम्मका फ्ल्याट भौचर पाउनेछन्।

Kumaribank

अभियान अन्तर्गत प्लेटिनम पार्टनरहरूबाट ७० प्रतिशत, गोल्ड पार्टनरहरूबाट ६० प्रतिशत र सिल्भर पार्टनरहरूबाट ४० प्रतिशतसम्म छुट पाउन सकिनेछ। साथै ५० भन्दा बढी अग्रणी ब्रान्डमा ५० प्रतिशत भन्दा बढी छुट उपलब्ध हुनेछ।

त्यस्तै, नविल, हिमालयन, सानिमा, प्रभु, ज्योति, महालक्ष्मी र गरिमा विकास बैंकसँगको सहकार्यमा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको छ।

दराजले यो अभियानमार्फत ग्राहकलाई छिटो डेलिभरी, सहज भुक्तानी, विश्वासिलो रिटर्न प्रणाली सहित फरक र लाभदायी किनमेल अनुभव दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Sep 08, 2025| 10:38 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्