बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाले सुरु गर्यो 'यामाहा ब्लु फेस्ट', आकर्षक अफरहरू उपलब्ध

यामाहाले सुरु गर्यो 'यामाहा ब्लु फेस्ट', आकर्षक अफरहरू उपलब्ध

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं-नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव 'यामाहा ब्लु फेस्ट' आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य समारोहका साथ सुरु भएको छ।

National life

भदौ २२ देखि २७ गतेसम्म चल्ने यस महोत्सवमा पुराना बाइक वा स्कुटरलाई नयाँ यामाहामा अपग्रेड गर्ने विशेष अवसर उपलब्ध हुने छ। कार्यक्रममा ग्राहकहरूले कुनै पनि ब्राण्डका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन्।एक्सचेन्जमा न्यूनतम ५० हजार रुपैयाँ (यामाहा), २५ हजार रुपैयाँ ९अन्य ब्राण्ड० मूल्याङ्कनसहित अतिरिक्त रु १० हजार रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ।

साथै, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, नगद छुट रु १० लाखसम्म, र हरेक खरिदमा निःशुल्क हेल्मेट पाउने अफर समेत समावेश गरिएको छ।फेस्टमा यामाहाका  R15 V4, MT-15 V2, FZ V3 Deluxe, RayZR 125 FI Hybrid, Aerox 155 लगायतका मोडेल प्रदर्शनमा राखिएका छन् ।साथै, भाग्यशाली विजेताहरूका लागि 'राइड द ब्लु विथ रोडिज' अनुभव समेत रहनेछ।

उद्घाटन समारोहमा बोल्दै, यामाहा नेपालका ईडी तथा सिइओ दीपक अग्रवालले भने, 'यामाहामा हामी केवल यात्रा मात्र होइन, भावना, शैली र प्रदर्शनसँग जोडिएको अनुभव दिन विश्वास गर्छौं। ब्लु फेस्ट हाम्रो मूल्यवान ग्राहकलाई धन्यवाद प्रकट गर्ने र नयाँ राइडरलाई यामाहा परिवारमा स्वागत गर्ने अवसर हो।'

यामाहाको ७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्पराअनुरूप, ब्लु फेस्टलाई केवल एक्सचेन्ज मात्र नभई राइडिङ संस्कृतिको पर्वका रूपमा मनाइने जनाएको छ। कम्पनीले सबै दुई-पाङ्ग्रे प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आमन्त्रण गरेको छ।

Laxmi sunrise bank

प्रकाशित: Sep 08, 2025| 10:51 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्