बिहीबार, पुस १७, २०८२

जेन-जी आन्दोलनको आह्वान- घुसपैठ भयो, सुरक्षित रुपमा फर्कौं

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं- जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ। सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो।

National life

प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ।

बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए। बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो। युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए। प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो। प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका छन्।

अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

Laxmi sunrise bank

प्रकाशित: Sep 08, 2025| 14:17 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्