मंगलबार, असोज ६, २०८३

आर्मीलाई पराजित गर्न एपिएफका आशिषको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ । आईतबार एन्फा कमप्लेक्समा भएको खेलमा एपीएफले बाजी आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा तीन वटै गोल दोस्रो हाफ सम्भव भएका थिए । खेलका एपीएफलाई जिताउन आशिष लामाले दुवै गोल गरेका थिए भने आर्मीका लागि सान्तोना गोल नवयुग श्रेष्ठल गरेका थिए । 

एपिएफले खेलको ५२ औं मिनेटमा सिरुवाती अग्रता लिएका थिए । त्यसपछि आशिषले व्यक्तीगत दोस्रो गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । 

उनले श्याम कुमार नेपालीको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए । लगत्तै आर्मीका नवयुग श्रेष्ठले हेडिङ गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयाष गरेका थिए । तर, पथ गोल गर्न नसक्दा आर्मी एपिएफसँग २-१ ले पराजित भयो ।

जितसँगै एपीएफले अंक तालिकामा सुधार गर्दै १० खेलबाट १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता आर्मी भने १८ अंक सहित चौथो स्थानमा यथावत छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।