सोमबार, साउन ४, २०८३

मधेशमा कांग्रेसबाट चार मन्त्री थपिए

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बिहीबार कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय गरेको थियो। बैठकपछि कांग्रेसले मन्त्री बन्नेको सूची मुख्यमन्त्रीलाई बुझाएको थियो। 

कांग्रेसबाट रौतहटका सुनिलकुमार यादव अर्थमन्त्री, पर्साका जनार्दन क्षेत्री भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री, धनुषाका शेषनारायण यादव ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री र सर्लाहीका कौशलकिशोर राय श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्।

प्रकाशित: Jul 18, 2024| 18:38 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्