मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रेन्जेलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रेन्जेलबीच भेटवार्ता

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रेन्जेलसँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भएको भेटमा नेपाल–पोर्चुगल सम्बन्धबारे छलफल भएको हो।

भेटमा नेपाल र पोर्चुगलबीच बढ्दै गएको मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धप्रति दुवै पक्षले खुसी व्यक्त गरेका छन्। साथै आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे छलफल भएको छ।

प्रकाशित: Sep 22, 2026| 09:33 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्