मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो।

भेटमा दुवै देशबीचको मैत्रीपूर्ण र सहकार्यपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को आवृत्ति र तीव्रताबारे पनि छलफल भएको थियो।

नेपाल र भुटान दुवै हिमाली मुलुक भएकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जलवायुजन्य विपद्को सामना गर्न आपसी सहकार्य थप बलियो बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।

प्रकाशित: Sep 22, 2026| 07:44 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्