आइतबार, चैत २२, २०८२

विग ब्यासको डेब्यु खेलमा सन्दीपको दुई विकेट (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- विश्व चर्चित अस्ट्रेलियाको विग ब्यास लिगमा नेपाली राष्ट्रिय टोलीका युवा लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । डेब्यू खेलमा नै सन्दिपले लोभलाग्दो प्रर्दशन गर्दै दुई विकेट लिए । 

मेलवर्न स्टारबाट डेब्यू गर्दै मैदानमा उत्रिएका सन्दीपले सिड्नी थन्डरबीरुद्ध अमफ्नो पहिलो खेल खेलेका हुन् । उक्त खेलमा ४ ओभर गरेका सन्दीपले ३६ रन खर्चे । ३६ रन खर्चदा उनले २ विकेट लिए । 

उही पनि सिड्नीका मुख्य दुई विकेट लिएका हुन् । आठौ ओभरको दोस्रो बलमा कप्तान शेन वास्टनलाई आउट गर्दै पहिलो विकेट लिएका सन्दीपले सोहि ओभरको अन्तिम बलमा दोस्रो विकेट लिएका थिए । 

पहिलो विकेट लिँदा उनले वास्टन २२ रनमा आउट मैदानबाट बाहिर पठाएका थिए । त्यस्तै उक्त ओभरमा अन्तिम बलमा कैलम फर्ग्यूसनलाई आफै क्याच लिदै १५ रनमा पेभिलिएनको बाटो देखाए । 

उक्त ओभरमा सन्दीपले ३ रन मात्र खचिए । टिमको १० औं ओभर गर्न आएका सन्दीपले ६ रन मात्र खर्चे । १२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले १२ रन खर्चिन पुगे । 

तर, अन्तिम ओभरमा भने सन्दीपले १५ रन खर्चे । आफ्नो अन्तिम ओभरका रुपमा बलिङ गर्न आएका सन्दीप उक्त ओभरका दुई छक्का सहित १५ रन खान पुगेका हुन् ।

सन्दीपले लगातार दुई विकेट लिएको भिडियो हेर्नुहोस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।