सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाइली निर्वाचित

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाइली निर्वाचित

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

National life
kumari

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्।

काठमाडौँमा आज सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे। महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए। 

प्रकाशित: Jun 30, 2024| 20:22 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्